Home » पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

by newnagarikdiary
0 comment

पोखरा । पश्चिमाञ्चल क्याम्पस पोखरामा मंगलबारबाट शुरु भएको ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम विषयको ४ दिने वैज्ञानिक कार्यशाला तथा तालिम राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुतिका साथ सम्पन्न भएको छ ।

समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेश शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले शैक्षिक संस्थाहरुसंग सहकार्य गरेर दिगो प्रविधि र अनुसन्धानमुलक क्रियाकलापहरु अघि बढाउन सकिने धारणा व्यक्त गर्दै राष्ट्रिय प्राथमिकताका आधारमा अनुसन्धानात्मक क्रियाकलापहरु अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले अनुसन्धान बिना राष्ट्रिय विकासको लक्ष्यहरु पहिल्याउन नसकिने भएकोले शैक्षिक संस्था एंव अनुसन्धान कर्ताहरुलाई सेवा, सुविधा र तालिमहरु मार्पmत प्रोत्साहन गरिनु पर्ने र शिक्षालाई जीवन उपयोगी बनाउनु पर्ने वताए ।

अन्तरिक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक सह प्रा.डा. कृष्णप्रसाद भण्डारीले केन्द्र मार्पmत विभिन्न आयोजनाहरुमा काम गर्ने अवसर प्रदान गरी विधार्थीहरुको ज्ञान र सिपलाई अनुसन्धानमुलक क्रियाकलापहरु मार्फत अगाडि बढाइने बताउँदै आगामी वर्ष पोखरा जि एन एस एस वैज्ञानिक कार्यशाला तालिम सम्पन्न गरिने जानकारी दिएका थिए ।

विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको आर्थिक सहयोग र अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द,्र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखराको संयोजन तथा भौगोलिक सूचना विज्ञान अध्ययन केन्द्र टोक्यो विश्वविद्यालय जापान एवं युनाइटेड नेशन अन्र्तगत ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम सम्बन्धी अन्तराष्ट्रिय समितीको सह–संयोजनमा उक्त वैज्ञानिक कार्यशाला गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

क्याम्पस प्रमुख निर्मल प्रसाद बरालले बहुआयामिक शिक्षा र आयोजनाहरुको दिगो विकास एंव भौतिक सुधारका विभिन्न पक्षहरु माथी प्रकाश पार्नु हुँदै जि एन एस एस प्रविधि र उपकरणहरुको प्रयोगद्धारा व्यवहारिक अनुसन्धानलाई अगाडी बढाउन सकिने विचार व्यक्त गरेका थिए ।

तालिममा सहभागीहरुको तर्फबाट केशवराज भुषालले तालिम कार्यक्रम अध्ययन अनुसन्धान क्रियाकलापहरुलाई अगाडी बढाउन अत्यन्त फलदायी भएको विचार व्यक्त गरे ।

भर्चुअल कार्यक्रमका सहजकर्ता टोक्यो विश्वविद्यालयका प्रा.डा. दिनेश मानन्धर, युनाइटेड नेशन अन्र्तगतका अन्तराष्ट्रिय समितिका सदस्य सराफात ग्याडोनी एंव अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक सह प्रा.डा. कृष्णप्रसाद भण्डारीले सह आयोजक संस्था तथा सहयोगी संस्था विश्वविद्यालय अनुदान आयोग नेपाल प्रति धन्यवाद व्यक्त गरेका थिए ।

 

Related Articles

Leave a Comment