Home » पर्वत कांग्रेस सभापतिमा ३ उमेदवारको रोचक भीडन्त

पर्वत कांग्रेस सभापतिमा ३ उमेदवारको रोचक भीडन्त

by newnagarikdiary
0 comment

नेपाली कांग्रेस पर्वतको नेतृत्व कब्जा गर्न रोचक चुनाबी भिडन्त हुने देखिएको छ । केन्द्रमा शेरबहादुर देउवा निकट भएपनि जिल्लामा भने

अर्जुनप्रसाद जोशी र उनको बिपक्षमा देउवा समुह सहित रामचन्द्र पौडेल निकट उमेदवारहरुले सहकार्य गर्ने भएका छन । नेपाली कांग्रेस पर्वतको सभापति पदका लागि युबराज जोशी, यामबहादुर मल्ल(रामकृष्ण) र मिलन

सुबेदीले सभापति पदमा उमेदवारी दिएका छन । सभापतिमा उमेदवारी दिएका युबराज जोशी, रामकृष्ण मल्ल र मिलन सुबेदी यस अघि देउवा समुहका समर्थक थिए भने जिल्लामा अर्जुनप्रसाद जोशी निकट थिए । तर यसपटक जिल्ला कोषाध्यक्ष समेत रहेका यामबहादुर

मल्ल(रामकृष्ण)ले अर्जुनप्रसाद जोशीको साथ छाडेर देउवा समर्थक नै भएपनि जोशीको बिरुद्धमा सधै उभिने नवराज गुरुङ्ग र रामचन्द्र पौडेल समुहको समेत समर्थनमा उमेदवारी दिएका छन । नेबिसंघका जिल्ला अध्यक्ष मिलन सुबेदीले भने युवाहरुको प्रतिनिधीत्व गरेको भन्दै स्वतन्त्र रुपमा चुनाबी मैदानमा उभिएको बताउँदै आएका छन ।
कांग्रेसको जिल्ला सभापतिमा तीन जना उमेदवार भएपनि मुख्य प्रतिष्पर्धा भने युबराज जोशी र रामकृष्ण मल्लका बिचमा हुने भएको छ । पर्वत कांग्रेसमा एकछत्र प्रभाब राख्दै आएका अर्जुनप्रसाद जोशीका बिरुद्ध उनको समर्थनमा राजनितीमा उचाई हासिल गरेका मल्ल र सधै जोशीको बिरुद्ध उभिनेहरु एकैठाउँमा उभिएका कारण भिडन्त रोचक बन्ने कांग्रेस

कार्यकर्ताहरु बताउँछन । यद्यपी युबराज जोशीको ब्यक्तिगत मत मात्रै नभई अर्जुनप्रसाद जोशीको प्रभाबका कारण पनि जोशीलाई टक्कर दिन सबै एक ठाउँमा उभिएपनि कठिन हुने अनुमान धेरैको छ । सबै एकठाउमा उभिँदा पनि जित निकाल्न पापड नै बेल्नुपर्ने अबस्था भएको स्वयम गठबन्धनका नेताहरु पनि स्विर्काछन तर यस पटक सबै एक ठाउँमा उभिएका कारण जोशीलाई पाठ पढाउन सकिन्छ कि भन्ने बिश्वास उनीहरुको छ ।

पौडेल समुहमा सबैभन्दा लोकप्रिय मानिने कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको समर्थन पनि जिल्लामा युबराज जोशीलाई नै छ ।रामचन्द्र जोशीले ५ महिने पहिले सभापतिमा उमेदवारी घोषणा गरेको सर्बसम्मत सभापति बन्न सक्थे भनेर कांग्रेसका कार्यकर्ता नै बताउँछन ।जिल्लामा अर्जुनप्रसाद जोशीको बिपक्षमा रहेका देउवा निकट र रामचन्द्र पौडेल समुहले साझा उमेदवार बनाएपनि पर्वतको प्रदेशसभा ख मा पौडेल समर्थक उमेदवार हरि न्यौपानेलाई रामकृष्ण मल्ल र नवराज गुरुङ्गले सहयोग नगरेका कारण पौडेल पक्षका मतदाता पनि रुष्ट छन । क्षेत्रमा उनीहरुले अर्जुनप्रसाद जोशी निकट प्रबिण गुरुङ्गलाई सहयोग गरेका आरोप न्यौपाने पक्षको छ । यो असन्तुष्टि तल सम्म गएमा गठबन्धनको मत प्रभावित हुने आँकलन पनि गरिदैछ ।
उपसभापति पदमा युबराज जोशीको प्यानलटबाट डा. चुडामणी शर्मा र शिबप्रसाद सुबेदी तथा मल्लको प्यानलबाट कमलराज शर्मा पौडेल र गोबिन्दप्रसाद पाध्याको उमेदवारी परेको छ ।
सचिब पदमा जोशीको प्यानलबाट गुप्तनिधी शर्मा र अशोक उच्चै ठकुरी उमेदवार छन भने मल्लको प्यानलबाट कमल अधिकारी र पानबहादुर हमाल(सन्तोष) उमेदवार बनेका छन । बरिष्ठ पत्रकार ओमप्रसाद घायल र मोहन आचार्यले भने स्वतन्त्र उमेदवारी दिएका छन । उपसचिबमा अच्युत तिवारी, परशुराम पुरी लगायतको उमेदवारी परेको छ ।
जिल्ला कार्यसमितिमा नगरपालिकाबाट १ जना महिला सहित ३ सदस्य तथा गाउँपालिकाबाट १ महिला सहित २ जना निर्वाचित हुने प्राबधान छन ।
भिडन्त महाधिबेशन प्रतिनिधीमा
नेपाली कांग्रेस पर्वतबाट २५ जना महाधिबेशन प्रतिनिधी चयन हुने क्रममा ५३ जनाको उमेदवारी परेको छ । खुल्ला पुरुष तर्फ रामचन्द्र जोशी, नवराज गुरुङ्ग, गंगा तिवारी, विद्धान गुरुङ, ऋषीकेश तिवारी, लालकाजी गुरुङ, राजेन्द्र तिवारी, विश्वप्रकास प्रसाई, बसन्त सिके, बिमलराज क्षेत्री, शिव शर्मा अधिकारी, विप्लब हमाल, राज मल्ल ठकुरी, किरण तिवारी, डा. केदार सुृवेदी लगाएतले उमेदवारी दिएका छन ।
यसैगरी खुल्ला महिला र खस आर्य महिला तर्फ ७ जना मध्ये राधाकुमारी कुवँर, मुना भुषाल, रेखा गुरुङ, सरस्वती शर्मा, मिना केसी, सिता काप्ले, मिना कर्माचार्य, माया अधिकारी, मुना शर्मा लामिछानेले लगायतले उमेदवारी दर्ता गरेका छन । महाधिबेशन प्रतिनिधीमा पनि जिल्ला सभापति पदका उमेदवार युबराज जोशी र यामबहादुर मल्ल(रामकृष्ण) मल्लका समर्थकका बिचमा मुख्य प्रतिष्पर्धा हुने देखिन्छ भने अगुवा नेता तथा युवाहरु बढी निर्वाचित हुने देखिन्छ । जोशीको प्यानलमा युवाहरुको बाहुल्यता छ भने मल्लको प्यानलमा पुराना र त्यागी नेताको बाहुल्यता छ ।

Related Articles

Leave a Comment