Home » पर्वतको जलजलामा घरबाटै भुमीकर

पर्वतको जलजलामा घरबाटै भुमीकर

by newnagarikdiary
0 comment

पर्वत । एकिकृत सम्पत्ति कर र भुमीकर तिर्न कार्यालयमा पुग्नुपर्ने र लाइन लाग्नुपर्ने बाध्यता हटाउँदै पर्वतको जलजला गाउँपालिकाले एप्स मार्फत तिर्ने प्रविधि शुरु गरेको छ ।

स्थानीयको समयको बचत र सहजताका लागि यो प्रविधिको विकास गरेको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल‘रामकृष्ण’ले बताउनुभयो । उहाँका अनुसार सात हजार ८ सय ७२ जनालाई करदातामा सूचिकृत गरी उनीहरूलाई एप्स मार्फत कर तिर्न सकिने

प्रविधि उपलब्ध गराइएको हो । सूचना प्राविधिक अधिकृत अनिल खत्रीका अनुसार मोबाइलमा ‘आइएमई पे ’एप्स डाउलोड पछि निजको करदाता नम्बर राखेको आधारमा यो सेवा लिन सकिन्छ । गाउँपालिका भित्रका स्थानीयलाई यो प्रयोगको प्रक्रिया सिकाएकोले समस्या नरहेको खत्रीले बताउनुभयो ।

यसले कागजी झन्झट समेत हटेको छ । गाउँपालिकामा पुगेर यो सेवा लिँदा त्यहाँका स्थानीयलाई असहज भएकोमा अब घरबाटै सेवा लिन सकिने अवस्था बनेको खत्रीले बताउनुभयो ।

Related Articles

Leave a Comment