Home » पर्यटन मन्त्री सुदन किराँती: हवाई दुर्घटनाको स्वतन्त्र छानबिन सरकारद्धारा भैरहेको छ

पर्यटन मन्त्री सुदन किराँती: हवाई दुर्घटनाको स्वतन्त्र छानबिन सरकारद्धारा भैरहेको छ

by newnagarikdiary
0 comment

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको हो । उहाँले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले मृतकहरूले श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो ।

गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताउनु भयो । उहाँले अझै एकजना शिशुको शव खोजि कार्य जारी रहेको जानकारी दिनुभयो । उहाँले सरकारले खोजी कार्यमा नेपाल प्रहरी,नेपाल आर्मी,नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजिकार्यमा निरन्तर लागेको बताउनु भयो

Related Articles

Leave a Comment