Home » पर्यटन दिवसका अवसरमा ११ देशका राजदूत पोखरामा

पर्यटन दिवसका अवसरमा ११ देशका राजदूत पोखरामा

by newnagarikdiary
0 comment

पोखरा
विश्व पर्यटन दिवस पारेर ११ देशका राजदूत आइतबार गण्डकी प्रदेशको राजधानीमा पोखरामा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहितको २५ जनाको टोली पोखरा भ्रमणमा आएको हो । विश्व पर्यटन दिवसका आवसरमा पोखरा आएका उनीहरु तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्र तय भएको छ ।
टोलीमा यूएई, कतार, फिनल्यान्ड, उत्तर कोरिया, साउदी अरब, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मनी र मलेसियाका राजदूत सहभागी छन् भने सार्कका महासचिव, संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन, यूएनएड्सका कन्ट्री डाइरेक्टर, यूएनडीपीका प्रतिनिधि, युनेस्कोका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर लगाएतको सहभागिता छ । टोलीलाई गण्डकी प्रदेश सरकार र अन्य संघसंस्थाहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
टोली आइबार साँझ प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको रात्रिभोजमा सहभागी भएको छ भने विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का दिन सोमबार बिहान टोलीले कास्कीकोटमा रहेको अपांगमैत्री पहुँचयुक्त पदयात्रा मार्गमा हाइकिङ गर्नेछ । सोमबार नै टोलीले पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछ । अपराह्न ५ बजेबाट रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइडमा हुने मिनी सडक महोत्सवमा टोली सहभागी हुने कार्यतालिका छ । भ्रमणटोली सँग गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका बिषयमा छलफल हुने प्रदेश सरकारले जनाएको छ । तीन दिनको भ्रमण सकेर टोली मंगलबार फर्कने कार्यक्रम छ ।

Related Articles

Leave a Comment