Home » पर्ख र हेरको अवस्थामा छौं– झलनाथ खनाल

पर्ख र हेरको अवस्थामा छौं– झलनाथ खनाल

by newnagarikdiary
0 comment

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने उनले बताएका हुन् । नयाँ गठबन्धन खिचडीजस्तो रहेको र त्यसभित्र वामपन्थी, पुनरुत्थानवादी खालको खुट्टाले टेकेको तर्क गरे । उनले के नीति र कस्तो कार्यक्रम हुने हो थाहा नभएकाले सरकारका विषयमा भनिहाल्ने कुरा केही नभएएको गुनासो गरे । गठबन्धनमा रहेका दलले सहयोगको आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा रहेको नेता खनालको भनाइ छ । आफूहरु आम रुपमा वामपन्थी एकताकै पक्षमा रहेको भन्दै उनले त्यसका लागि सिद्धान्त र नीति मिल्नुपर्ने बताए ।

Related Articles

Leave a Comment