Home » पत्रकार रामकृष्ण भण्डारी द्धारा लिखित ‘सत्ता संघर्ष: पुष्तक सार्वजनिक

पत्रकार रामकृष्ण भण्डारी द्धारा लिखित ‘सत्ता संघर्ष: पुष्तक सार्वजनिक

by newnagarikdiary
0 comment

पत्रकार रामकृष्ण भण्डारी द्धारा लिखित ‘सत्ता संघर्ष: ३० वर्षमा २८ सरकारका नालीबेली’ पुष्तक सार्वजनिक भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस महामन्त्री गगनकुमार थापा, गरिमा शाह र हरि शर्माले पुस्तक सार्वजनिक गरेका हुन् । २०४८ सालपछिका २८ सरकारबारेको पुस्तक सत्ता संघर्षमा ३० वर्षमा २८ सरकारका नालीबेली’ पुष्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । २०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनर्स्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आए पनि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन बन्न पुगेको विषय प्रस्तुत गरिएको छ ।

२०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा बनेका २८ सरकारका प्रधानमन्त्री लगायत प्रमुख राजनीतिज्ञहरुका विभिन्न घटनाक्रम समेटेका छन् । पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दल र तिनका नेतृत्व नै अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भन्ने विषय उठान गरिएको छ ।

कृतिले नेपालको राजनीतिलाई छर्लङ्ग पार्ने कोशिष गरेको लेखक भण्डारी बताउँनुहुन्छ । गुल्मीको हुँगामा जन्मिएका भण्डारी हाल पत्रकारिताको दौरानमा काठमाडौँमा क्रियाशिल हुनुहुन्छ ।

Related Articles

Leave a Comment