Home » पक्राउ परेका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याइयो

पक्राउ परेका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याइयो

by newnagarikdiary
0 comment

बाकेमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याइएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएका उनलाई काठमाडौं ल्याइएको हो । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिने बताईएको छ । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

ट्याक्टरमा आगजनी गरेको मुद्दामा ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

Related Articles

Leave a Comment