Home » नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

by newnagarikdiary
0 comment

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो ।
४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो ।

खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो ।

नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे । त्यसपछि कुनै गोल हुन नसकेपछि नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ । माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ ।

माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

Related Articles

Leave a Comment