Home » नेपाली कांग्रेस बुढो बाघ हो, अब शिकार गर्न सक्दैनः युवा नेता भुसाल

नेपाली कांग्रेस बुढो बाघ हो, अब शिकार गर्न सक्दैनः युवा नेता भुसाल

by newnagarikdiary
0 comment

युवा संघ नेपालका स्थायी कमिटि सदस्य एवम् विश्व युवा संगठनका उपाध्यक्ष सुन्दर भुसालले पार्टी हाक्ने नेतृत्व बिरासत र निष्ठाको मात्र नभई स्पष्ट भिजन सहितको हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले पैयुँ गाउँपालिका कमिटिको अधिवेशन लाई सम्बोधन गर्दै युवा नेता भुसालले नेकपा एमाले पार्टीलाई मजबुत बनाउन सक्ने स्पष्ट भिजन सहितको नेता नेतृत्वमा आउनुपर्नेमा जोडदिनुभयो ।

यो अधिवेशन बाट नेतृत्वमा आउनेले आगामी कार्यदिशा र पार्टी को भबिष्यलाई पनि निर्धारण गर्ने हुदाँ प्रखर र क्षमतावान व्यक्ती नेतृत्वमा आउनुपर्नेमा जोडदिनुभयो ।
हामी सबै जना पार्टीमा योगदान, सघर्ष गरेरनै यहाँ सम्म आएका छौँ, बिरासत पनि हाम्रा आ आफ्नै छन्, तर एमाले पार्टीलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको छ, उहाँले भन्नुभयो, यो अवस्थामा पार्टी कमिटिको नेतृत्व गर्ने व्यक्ति स्पष्ट, निडर र हक्कि हुनुपर्छ, यो अधिवेशनले चुनेका पदाधिकारीहरुले तिन तहकै चुनाव हाक्नुपर्ने छ र पार्टीलाई बिजयी गराउनुपर्ने हुन्छ, त्यसैले पनि कमिटि शक्तिशालि चाहिन्छ । स्पस्ट भिज्न सहितको रोड्म्याप सँग प्रस्तुत हुने नेतृत्व अहिँले एमाले पार्टीका हरेक कमिटि तथा संगठनलाई आबश्यक रहेको बताउनुभयो ।

एमालेको बिरुद्धमा बनेको ५ दलिय गठबन्धनले एमाले शक्तिलाई हल्लाउन पनि नसक्ने ठोकुवा गर्दै भुसालले आगामी निर्वाचनमा एमाले लाई पहिलो पार्टी हुन बाट रोक्न कसैले नसक्ने दाबी गर्नुभयो । नेपाली काङग्रेसलाई बनको बुढो बाघको संज्ञा दिदै युवा नेता भुसालले बुढो बाघ अब शिकार गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । यो जंगलमा तिन बाघ छन्, एउटा बुढो बाघ छ त्यो काङग्रेस हो, त्यो शिकार गर्न नसक्ने अवस्थामा पुगेको छ, दोस्रो बाघ माओवादी हो त्यो स्याल भएर पनि बाघको छाला ओडेर नक्कली बाघ बनेको छ यसले केहीँ गर्न सक्दैन उहाँले भन्नुभयो, सबै भन्दा सामथ्र्यवान बाघ भनेको नेकपा एमाले हो । यो रिष्टपुष्ट र फुर्तीलो छ यसले सबै गर्न सक्छ । एमाले नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहेको र जनताको पार्टी भएको बताउदै नेता भुसालले एमाले सँग कुनै पनि दलको तुलना हुन नसक्ने बताउनुभयो ।

Related Articles

Leave a Comment