Home » नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा देउवा पक्ष बाट जोशीको उम्मेदवारी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा देउवा पक्ष बाट जोशीको उम्मेदवारी

by newnagarikdiary
0 comment

पोखरा
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्ष बाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका बेला देउवा पक्षले भने एक ढिक्का भएर साझा उम्मेदवारको रुपमा जोशीलाई अगाडी सारेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बर बनाउन थालेको अभियानलाई सहयोग पु¥याउन आफूले उम्मेदवारी दिएको बताउँदै जोशीले आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उम्मेदवारी घोषणा सभामा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, कानुन मन्त्री विन्दुकुमार थापा, कास्कीका नवनिर्वाचित सभापति किशोरदत्त बराल, कास्की कांग्रेसका पुराना नेता कास्की–२ का प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेललगायत नेताहरुको उपस्थिती थियो ।
पौडेल पक्षबाट गण्डकी प्रदेश सभापतिमा यसअघि नै कास्कीका नेताहरू देवराज चालिसे, शुक्रराज शर्मा, तनहुँका नेता रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

Related Articles

Leave a Comment