Home » नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने पार्टीले तयारी गरेको प्रवक्ता प्रकाशरण महतले जानकारी दिनुभयो । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको भने छैन । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार हुनुहुन्छ । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

Related Articles

Leave a Comment