Home » नेपाली कांग्रेसले आउनेबैशाखमा नीति महाधिवेशन गर्ने

नेपाली कांग्रेसले आउनेबैशाखमा नीति महाधिवेशन गर्ने

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसले २०८० वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ ।

गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।

आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछिमात्रै नीति महाधिवेशन गर्ने फुर्सद मिलेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा जारी संयुक्त वक्तव्य विज्ञप्तिमा नीति महाधिवेशनले स्थान पाएपछि कांग्रेसमा अनौपचारिक बहस सुरु भएको थियो । अविलम्ब नीति महाधिवेशन गरेर पार्टीको नीति योजना र कार्यक्रम तय गरिने महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख थियो । तर अहिलेसम्म नीति महाधिवेशन गर्ने पार्टीको निकाय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान संयोजकमामात्रै सीमित छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार १० गते उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेका थिए ।

प्रतिष्ठानलाई पार्टीले अंगिकार गर्ने नीति माथिको बहस सुरु गर्ने अधिकार हुन्छ । नीति माथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो खुल्छ । तर, उक्त प्रतिष्ठानले नीति माथिको बहस चलाउन त परको कुरा आफ्नो समितिलाई पूर्णता दिन समेत सकेको छैन । उपसभापति खड्काले सात महिनामसम्म प्रतिष्ठानलाई पूर्णता दिन नसकेका हुन् ।

५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सो व्यवस्थाअनुसार पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले सदस्यहरु थप्न सक्ने प्रावधान छ । प्रतिष्ठानले पूर्णता नपाएपनि नीति महाधिवेशनका लागि काम भइरहेको छ ।

नीति अधिवेशनको प्रस्ताव तयार भइसकेको भन्दै उनले आगामी केन्द्रीय समिति बैठकमा पेस हुनेछ । कांग्रेसमा नीति महाधिवेशनको नयाँ अभ्यास गर्न लागिएकाले कुन विधि अपनाउने भन्नेमा अन्योल छ । महाधिवेशनकै प्रतिनिधि सहभागी गराउने वा छुट्टै विधि अवलम्बन गर्ने भन्ने टुंगो छैन ।

कांग्रेस नेताहरुका अनुसार नीति महाधिवेशनमा अवलम्बन गरिने पद्धति, सहभागी संख्या र कहिले गर्ने भन्ने केन्द्रीय समितिबाटै टुंगो लगाउने छ । तर यसवर्ष महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्ने कांग्रेसको तयारी देखिन्छ ।

कांग्रेस विधानअनुसार महाधिवेशन नभएको वर्षबाहेक सबै सालमा महासमिति बैठक बोलाउनु पर्दछ । महासमिति बैठक पनि यसवर्ष बोलाउनुपर्ने भएकाले त्यसैलाई नीति महाधिवेशनमा बदल्नुपर्ने नेताहरुको तर्क छ । महासमिति बैठकलाई नीति महाधिवेशनमा परिवर्तन गर्दा महासमिति सदस्य छान्नुपर्ने छ ।

Related Articles

Leave a Comment