Home » नेपालकै कान्छी सुचना अभियान्ता आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत

नेपालकै कान्छी सुचना अभियान्ता आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत

by newnagarikdiary
0 comment

वैशाख २३ पोखरा । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ कि दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भएकी छन् ।
उपराष्ट्रपति भवनमा भएको समारोहका बिच राष्ट्रिय सुचना आयोगले गरेको कार्यक्रममा हालका उपराष्ट्रपति नन्द किशोर पुनबाट उनलाई उत्कृष्ट अभियान्ताको पुरस्कार प्रदान गरिएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशमै पहिलो महिला र नेपालमै सबै भन्दा कान्छी उमेरकी सुचना अभियान्ताको रुपमा उनलाई नगद सहित प्रमाण पत्र र खादाले सम्मान गरिएको हो ।

सुचनाको हकलाई नागरिक समक्ष पुर्याउन अतुलनीय देनलाई राष्ट्रिय सुचना आयोगले विनय कसजु उत्कृष्ट सुचना अभियान्ता को रुपमा पुरस्कृत गरेको छ।

राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट ५ जना सूचना अधिकारीलाई र उत्कृस्ट चार जना अभियन्तालाई पुरस्कृत गरेको हो । बिहिवार आयोगले आफ्नो स्थापना दिवस मनाउँदै विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट www.suchanakohak.com कि सूचना अधिकरी पर्वतकि दुर्गा आचार्य, जागौ नेपाल का अभियन्ता सप्तरीका कैलाश माझी, सूचनाको हकका लागि राष्ट्रिय महासंघ का अध्यक्ष कैलालीका उमिद बागचन्द र जागौ नेपालका अभियन्त पर्साका मनोज रौनियारलाई पुरस्कृत गरेको हो ।

यस्तै,आयोगले उपसचिव विश्वबन्धु पौडेल,शाखा अधिकृत डिल्लीराम भट्ट र नासु हेमन्त रिजाललाई उत्कृष्ट कर्मचारी २०७९ बाट पुरस्कृत गरेको छ ।

सूचना मागकर्ताले माग गरेको सूचना र त्यस्को गम्भीर्यताका आधारमा उपलव्ध गराएको सूचना र सोको मुल्यांकन गरी देशैभरीबाट उत्कृष्ट सूचना अधिकारीका रुपमा चौदण्डीगढी नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदार,व्यास नगरपालिकाको निबर्तमान सूचना अधिकारी गोकर्णराज वाग्ले,जिसस बाग्लुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा,कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी इन्जिनियर निर्मल लामा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका सूचना अधिकारी राजु अर्याल लाई पुरस्कृत गरेको हो ।

उपराष्ट्रपति भवनमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले कार्यक्रममा बोलेका थिए ।

Related Articles

Leave a Comment