Home » नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक डेढ घण्टा पछि सरेको छ ।
रोल
बिहान ११ बजे बोलाएको पदाधिकारी बैठक साढे १२ बजे बस्ने भएको छ । प्रधानमन्त्री व्यस्त भएकाले केही समय बैठक सारिएको पार्टी सचिवालयले बताएको छ । आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताईएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री दाहालले भने राष्ट्रपतिको चुनावसम्म मन्त्रालय आफूसँगै राख्ने पक्षमा देखिनुभएको छ । माओवादीको पदाधिकारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।
हिजो बसेको पदाधिकारी बैठकमा पार्टीको संगठनसम्बन्धी विषयमा छलफल भएको थियो । भने गृह मन्त्रीको विषयमा बनेपछी मात्र थाहा हुने प्रधानमन्त्री दाहालले बताउनुभएको थियो । भने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरूले धारणा राखेका थिए ।

Related Articles

Leave a Comment