Home » नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ ।

लामो समयदेखि बस्न नसकेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार साँझ ५ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले गरेका विभिन्न निर्णयमध्ये भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति गठन गरिसकेको छ ।

Related Articles

Leave a Comment