Home » नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

by newnagarikdiary
0 comment

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

बैठकमा राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लागयतका विषयमा छलफद्य हुने सचिवालय स्रोतले बताएको छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।

पुन एमालेले राष्ट्रपति नपाउने भएसंगै कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ। योसँगै प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्व गठबन्धन तोडेका छन्।

सत्तासीन एमालेले भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको आरोप छ। आजको बैठकले राष्ट्रपतिमा उम्मेदवार दिने/नदिने, सरकारमा रहने/नरहने भन्नेबारेमा समेत ठोस निर्णय गर्ने बताइएको छ ।

Related Articles

Leave a Comment