Home » नेकपा एमालेको पोखरा महानगरपालिकामा आकंक्षी धेरै, निर्वाचन हुने

नेकपा एमालेको पोखरा महानगरपालिकामा आकंक्षी धेरै, निर्वाचन हुने

by newnagarikdiary
0 comment

पोखरा
नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीको सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको छ । अध्यक्ष सहितका अन्य पदमा समेत आकंक्षी धेरै भएपछि निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उपाध्यक्षका लागि बैनबहादुर गुरुङ, राजकुमारी भुजेल, उमा परियार, मोहन गुरुङ र सुस्मिता केसी भट्टराईले उम्मेदवारी दिदा सचिव पदका लागि जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी परेको छ । २ उपसचिवको लागि भने १६ जनाले उम्मेदवारी दिनुभएको छ ।

सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, , प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा दाबी गर्नुभएको छ । मंगलबार शुरु भएको अधिवेशनको आज नै निर्वाचन गर्ने कार्यतालिका छ ।

Related Articles

Leave a Comment