Home » नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटीकाे बैठक शुरू भएकाे छ ।

नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटीकाे बैठक शुरू भएकाे छ ।

by newnagarikdiary
0 comment

शनिवार ललितपुरको बालकुमारीमा शुरु भएको हो । आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ । बैठकमा पार्टी सचिव रामकुमारी झाक्री भने अनुपस्थित रहेकी छन् ।

Related Articles

Leave a Comment