Home » नीरा छन्त्यालको शोकमा सोमबार देशैभरका दोहोरी साँझ बन्द

नीरा छन्त्यालको शोकमा सोमबार देशैभरका दोहोरी साँझ बन्द

by newnagarikdiary
0 comment

विमान दुर्घटनामा ज्यान गुमाएकी लोक गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले मसोमबार देशैभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्षमा आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्म भन्दै प्रतिष्ठानले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गर्दै २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत बताएको छ ।

Related Articles

Leave a Comment