Home » निर्वाचनमा यस्ता व्यक्ती लाईनमा बस्नु नपर्ने

निर्वाचनमा यस्ता व्यक्ती लाईनमा बस्नु नपर्ने

by newnagarikdiary
0 comment

निर्वाचन आयोगले विभिन्न वर्ग समुदायका मानिसलाई लाईनमा नबसी मतदान गर्न प्राथमिकता दिएको छ ।

आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा बस्नु नपर्ने बताएको छ ।

त्यस्ता मतदातालाई परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था आयोगले मिलाएको जनाएको छ ।

Related Articles

Leave a Comment