Home » निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुन्छ– डा.शशाङ्क

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुन्छ– डा.शशाङ्क

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् ।

नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका डा कोईरालाले गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधान हुने बताए । राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए । आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए ।

केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे ।

Related Articles

Leave a Comment