Home » दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकी लाई

दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकी लाई

by newnagarikdiary
0 comment

नेपालमा पहिलो पटक सञ्चालन भएको लोक तथा दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जित्नुभएको छ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा पहिलो पटक सञ्चालनमा आएको दोहोरी च्याम्पियन बिजेताले ट्रफी, बीस लाख नगद र रु. एक करोडको जिवन बिमा प्राप्त गर्नुभएको छ ।
शनिबार साँझ पोखरामा भएको फाईनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाले उपाधि हात पार्नुभयो । दोहोरी च्याम्पियनको दोस्रो स्थान हासिल गर्नुभएका बालचन्द्र बराल र शोभा कार्कीले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नुभयो ।
सविन आचार्य र रिता रावतको टीम तृतीय स्थान हासिल गर्न सफल भएको छ भने मीना नेपाल र राजेन्द्र पाठकको टीम चौथो भएको छ । उहाँहरुलाई क्रमशः तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रथम, द्धितिय, तृत्य र सान्त्वनाहरु लाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Related Articles

Leave a Comment