Home » देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने विक्रम पाण्डेको प्रतिवद्धता

देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने विक्रम पाण्डेको प्रतिवद्धता

by newnagarikdiary
0 comment

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले मंगलवार शहरी विकाश मन्त्रालयमा पदभार ग्रहण गर्दै सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताउनु भयो । उहाँले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताउनु भएको छ । मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शहरी विकास मन्त्रालयमा गर्नु पर्ने कामको प्राथमिकताका आधारमा काम गर्छौं । त्यसका के कारणले विकास निर्माणको काम रोकिएको छ । कसरी समस्याको समाधान गर्ने र हुन नसकेका कामलाई छिटो भन्दा छिटो काम गर्ने र नयाँ योजनाहरु थप्दै जाने सोचेका छौं । काम शुरुवात भएर कसको कारणले काम हुन नसकेको हो । तत्काल कार्य अगाडि बढाउँछु । विकास निर्माणका काम ढिला हुन नदिनको लागि यो मन्त्रालय दिइएको हो । यो मन्त्रालयमा जे कुरा सुन्नुभएको छ । त्यो अब सुन्नुहुन्न । शहरी विकास मन्त्रालय फरक तरिकाले अगाडि बढ्छ । शहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ । अब त्यस्ता समस्या आउन नदिने सोचले मलाई मन्त्रालयमा पठाइएको छ । त्यो पूरा गरेर देखाउँछु । एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पश्चिमतिर भएको दर्दानक तुइनबाट खेसेर मानिसहरुको मुत्यु भएको छ ।त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन । त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ । त्यहाँ सबै भन्दा पहिला तुइन हटाएर झोलुङगे पुल बनाउनु काम पूरा गरिन्छ । हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल हुन्छ । क्रस गर्ने सुविधा नभएको ठाउँमा पुल हुन्छ ।’

उहाँले आफूले शहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गर्नुभयो ।

Related Articles

Leave a Comment