Home » देखिनै छाडे रोटेपिङ र लिङ्गे पिङ

देखिनै छाडे रोटेपिङ र लिङ्गे पिङ

by newnagarikdiary
0 comment

पोखरा
दशैंमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने मान्यता अनुसार खेलिने पिङ पछिल्लो समय लोप हुदै गएको छ । दशैं,तिहारको अवसरमा ग्रामीण क्षेत्रको मुख्य आकर्षको रुपमा परिचित रोटेपिङ र लिङ्गे पिङ लोप हुदै गएका हुन ।
केही वर्ष अघि सम्म दशैँ सुरु हुन गाउँघरमा युवाहरु पिङ हाल्न व्यस्त हुन्थे । गाउँका युवा युवती भेला भएर्रे पिङ हालेर रमाईलो गर्ने गरिन्थ्यो । पहिले दशैँमा मनोरञ्जनको एक साधन रुपमा हेरिएको रोटेपिङ र लिङ्गे पिङ लोपहुदै गएको हो । साथ कास्की, पर्वत, बाग्लुङ लगाएतका जिल्लाका गाउँघरतिर दशैंको रौनक थप्ने पिङ अहिँले देखिन छोडिएको छ ।


अधिंकस युवाहरू वैदेशिक रोजगारीमा गएका कारण गाउँ घरमा दशैंमा पिङ हाल्ने मान्छे पनि अभाव छ भने अर्को तिर प्रविधिको विकाससँगै पिङभन्दा मानिसहरु प्रविधिसँगै रमाउन थालेपछि गाउँघरतिर पिङ हराउन थालेको बताउनुहुन्छ कास्की अन्नपूर्ण गा.पा.को घान्द्रुकका देव बहादुर गुरुङ ।


गाउँघरमा दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ  । सोही मान्यता अनुरुप पहिले पहिले विभिन्न गाउँमा पिङ हालेर रमाइलो गर्ने ठाँउ आजभोली भने सुनसान छ ।
विशेष गरि दशैं र तिहारमा खेलिने पिङको प्रचलन वा परम्परा आज भोलि भने करिब हट्न लागेकोमा स्थानियवासी भने चिन्तित देखिन्छन् । दर्शै मनाउन शहर भएकाहरु गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथी भाइ बीच खानपिन गरेर रमाईलो गर्ने प्रचलन हिजो आज बढेको पाईन्छ ।
आजभोलि पिङहरु हराएको ब‘अचेल सबै मोबाइल र इन्टरनेटमा झुम्न थाले बताउदै पर्वतको विहादी गा.पा.का का जनक भुषालले ‘ चाडपर्वमा पिङ मात्र नभई अन्य मौलिकता समेत हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

Related Articles

Leave a Comment