Home » देउवा सरकारले कटौती गर्‍यो पक्कि हुदै गरेको वालिङ—डुम्रेभञ्जयाङ सडक

देउवा सरकारले कटौती गर्‍यो पक्कि हुदै गरेको वालिङ—डुम्रेभञ्जयाङ सडक

by newnagarikdiary
0 comment

स्याङ्जा जिल्लाको वालिङ हुवास सडक खण्ड खुलेको २७ वर्ष भयो । २०४९ सालमा निर्माण कार्य सुरु गरिएको यो बाटो स्याङ्जाको वालिङ् देखि दक्षिण पर्वत जाने मुख्य सडक खण्ड हो । राष्ट्रिय राजमार्ग सँग वालिङ न.पा.का ३ वटा वडा सहित पर्वतका तिन पालिकालाई जोड्ने यो सडक खण्ड अन्तर्गतको वालिङ देखि पानी ट्याङ्की सम्मको ७ कि.मी.सडक खण्डमा यात्रीले सास्ती खेप्नु परेको छ । वालिङ हुवास सडक खण्ड अन्तर्गत पानी ट्याङ्की देखि चिसापानी सडक खण्ड आर.सि. आइं. पि. ले वटासिल गरेको छ भने पर्वतको चिसापानी देखि वहाकीभञ्ज्याङ सडक खण्ड कालोपत्रे भईसकेको छ । विहादी गाउँपालिकाको वहाकीभञ्ज्याङ देखि खहरेखोला (कालिगण्डकी करिडोर) सम्मको सडक पनि कालोपत्रेको चरणमा छ । वालिङ देखि पर्वत सम्म ३० मिनेटमा पुग्न सकिने उक्त खण्डको सडक २७ वर्ष पछि पनि स्तर उन्नती नहुदा यहाँका नागरिकले सास्ती खेप्दै आएका छन् । २७ वर्षदेखि पर्वत र स्याङ्जाका बासीन्दाले हिउदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकद्धारा नै यात्रा गर्न बाध्य छन् ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले वालिङ—डुम्रेभञ्ज्याङ सडक खण्ड कालोपत्रेको लागी बोलपत्र आव्हान गरी कामको शुरुवात गरिसकेको थियो । बजेट विनियोजन भइ यहीँ दशँै बाट पिच सुरु हुदै गरेको उक्त सडक खण्ड देउवा नेतृत्वको वर्तमान सरकारले कटौती गरेपछि स्थानियमा पलाएको आशा केही समयमै निराशामा बदलिएको छ । टेण्डर आव्हान सहित सबै प्रक्रिया पुरा गरि काम समेत शुरु भईसकेको उक्त सडक योजना वर्तमान सरकारले कटौती गरेपछि स्थानियवासी आक्रोशित बनेका छन् । सरकारले टेण्डर प्रक्रियामा लगि काम थालिसकेको सडकको बजेट कटौती गर्नु दुःखद भएको हरि प्रसाद भट्टराई बताउनुहुन्छ । “वालिङ देखि दक्षिण पर्वत सम्मनै कालोपत्रे सडकमा हिड्न पाईने भयो भनेर हामीमा खुसी छाएको थियो उहाँले भन्नुभयो, सरकारले बजेट कटौती गरे सँगै फेरी हामीले सास्ती भोग्नुपर्ने भो, आखिर यो कहिँले सम्म” ।
केपी ओली नेतृत्वको सरकारले टेण्डर आव्हान गरि कालोपत्रेको काम शुरुवात गरेको उक्त सडक खण्ड अन्तर्गत भुम्रेदेखि ३ किलोमिटर अर्चलबोट र अर्चलबोटबाट ११ किलोमिटर थुमपोखरा तल्लो र अर्चलबोटबाट डुम्रेभञ्याङ सम्म ८ किलोमिटर सडक पिच गर्ने गरि काम अगाडी बढाएको थियो । उक्त सडक खण्डको बेलाबेलामा तत्कालिन सरकारका मन्त्री पद्यमा अर्यालले निरिक्षण तथा अवलोकन गर्दै निर्माण व्यवसायीलाई काम छिटो सक्न दबाब दिदै आउनुभएको थियो । ओली नेतृत्व सरकार ढलेपछि बनेको देउवा नेतृत्वको वर्तमान सरकारले उक्त सडकको बजेट कटौती गरे सँगै अब यो सडक कालोपत्रेको काम रोकिने भएको छ ।

Related Articles

Leave a Comment