Home » देउवासंग कुरा नमिलेपछि बालकोट पुगे प्रचण्ड

देउवासंग कुरा नमिलेपछि बालकोट पुगे प्रचण्ड

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका माओवादी निकट स्रोतले जनाएको छ ।

Related Articles

Leave a Comment