Home » दसैँका लागि मुस्ताङ बाट पोखरा च्याङ्ग्रा आईपुगे, प्रतिगोटा ३५—५० हजार

दसैँका लागि मुस्ताङ बाट पोखरा च्याङ्ग्रा आईपुगे, प्रतिगोटा ३५—५० हजार

by newnagarikdiary
0 comment

माधव पराजुली,  पोखरा
दसैँका लागि मुस्ताङ बाट पोखरा च्याङ्ग्रा भित्रिने क्रम शुरु भएको छ । दसैँको समयमा खसी, बोकाभन्दा च्याङ्ग्रा बढी मन पराउने पोखरा र आसपासलाई लक्षित गर्दै मुस्ताङ बाट च्याङ्ग्रा पोखरा ल्याउन थालिएको हो । व्यापारीहरुले पोखराको पुरानो टुँडिखेल, सिमपानी, याम्दी, हेमजा लगायतका ठाउँमा अहिँले बिक्री वितरणको लागि च्याङ्ग्रा राखेका छन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । ढिलामा फूलपाती तथा अष्टमी अघि नै पोखरामा च्याङ्ग्रा ल्याइपु¥याउने गर्दछन् ।
बुधबार पोखरामा झारिएका च्याङ्ग्राको मुल्य बिगतका बर्षमा भन्दा निकैनै महगों पर्न गएको छ । पोखरा आईपुग्दा प्रतिगोटा च्याङ्ग्रा ३५ हजारदेखि ५० हजारसम्ममा बिक्री वितरण गरिएको छ । कोभिड–१९ का कारण कोरला नाका बन्द भएकाले यस वर्ष तिब्बतबाट च्याङ्ग्रा भित्रिन नपाएपछि मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य आकाशिएको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य वृद्धि भएको छ ।
मुस्ताङको लोमान्थाङ, छोन्डुप, कागबेनी, झोङ, लगायतका स्थान बाट च्याङ्ग्रा पोखरा ल्याईएको छ । बिगतका बर्षहरुमा तिब्बत हुदै मुस्ताङ र पोखरा ल्याईने गरिन्थ्यो । यो बर्ष भने पोखरेलीको भान्सामा मुस्ताङको च्याङ्ग्राको मासु पाक्ने छ । मुस्ताङ बाट च्याङ्ग्रा १० देखि १५ दिन लगाएर बाटोमा चराउदै हिडाएर पोखरा ल्याईने गरिन्छ । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ ।

Related Articles

Leave a Comment