Home » तीन जना प्रदेश प्रमुख पदमुक्त

तीन जना प्रदेश प्रमुख पदमुक्त

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ । मन्त्रिपरिषद्को २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । पदमुक्त हुने प्रदेश प्रमुखहरूमा प्रदेश न. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी”, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Related Articles

Leave a Comment