Home » तनहुँमा ११ जना जुवाडे नगद सहित पक्राउ

तनहुँमा ११ जना जुवाडे नगद सहित पक्राउ

by newnagarikdiary
0 comment

कार्तिक ३० तनहुँ । तनहुँबाट ११ जना जुवाडेलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका ४ फलाम्दीको एक घरमा कौडा खेलिरहेका ११ जनालाई नगद ४५ हजार ३२० रुपैयाँ सहित मंगलबार दिउँसो २ बजे पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जुवा– तास खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १६ थान कौडा, नगद सहित पक्राउ गरेको हो । उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Related Articles

Leave a Comment