Home » डा ताेसिमा कार्कीलाई चुनाव लडन सर्वाेच्चबाट बाटाे खुला |

डा ताेसिमा कार्कीलाई चुनाव लडन सर्वाेच्चबाट बाटाे खुला |

by newnagarikdiary
0 comment

डा ताेसिमा कार्कीलाई चुनाव लडन सर्वाेच्चबाट बाटाे खुला |

ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको निर्वाचन अायाेगले गरेकाे ठहरकाे निर्णय कार्यनयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ।

न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएकाे हाे ‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएकाे छ |

कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने अवस्थाको देखिन आउँछ।’ भन्ने,निर्णयले कार्कीकाे पक्षमा अदालतले फैसला गरेकाे छ |

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

Related Articles

Leave a Comment