Home » टर्की र सिरियामा भूकम्प गएको १० दिन कटदा मृत्यु हुनेको संख्या ४१ हजारक कट्यो

टर्की र सिरियामा भूकम्प गएको १० दिन कटदा मृत्यु हुनेको संख्या ४१ हजारक कट्यो

by newnagarikdiary
0 comment

टर्की र सिरियामा भूकम्प गएको १० दिन कटदा मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ ।

हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । टर्कीका अधिकारीहरूले ३५ हजार ४ सय १८ र सिरियाली सरकारले ५८ सय भन्दा बढीको मृत्यु भएको पुष्टि गरेका छन्। दुवै देशमा राहत र उद्धार कार्य जारी छ ।

यसैबीच टर्कीको विपद् व्यवस्थापन एजेन्सीले उद्धार कार्य पूरा गर्न १ लाखभन्दा बढी उद्धारकर्मी सहभागी हुने बताएको छ ।

भग्नावशेषमुनि रहेका मानिसहरुलाई अझै बाहिर निकाल्ने काम भइरहेको छ । अचम्मको कुरा के छ भने ८ देखि ९ दिन बितिसक्दा पनि कैयौं मानिस जिवितै भेटिएका छन् ।

सिरियाको सीमामा उद्धार कार्य छोडेर धेरै देश फर्किएका छन् । आइतबार इजरायलले सुरक्षा कारण देखाउँदै आफ्नो टोली हत्जाला समूहलाई आपतकालीन उडानबाट फिर्ता बोलाएको थियो। यसअघि जर्मनी र अस्ट्रियाले पनि टर्कीबाट उद्धारकर्ता फिर्ता लिएका थिए ।

इजरायल लगायत धेरै देशका गुप्तचर एजेन्सीहरूले टर्कीको सीमामा विभिन्न समूहहरूबीच हिंसात्मक झडप हुने जानकारी प्राप्त गरेका छन्। जसका कारण त्यहाँ पुगेका उद्धारकर्मीको ज्यान जोखिममा परेको छ ।

Related Articles

Leave a Comment