Home » झन्डै तीन महिनापछि देउवा सरकारले पायो पूर्णता, यी हुन मन्त्रीहरु

झन्डै तीन महिनापछि देउवा सरकारले पायो पूर्णता, यी हुन मन्त्रीहरु

by newnagarikdiary
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । झन्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

यसअघि  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवापछि बरियताक्रममा दोस्रो नम्बरमा गृहमन्त्री बालकृष्ण खाणको नाम छ।

Related Articles

Leave a Comment