Home » ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणको लागि उपयोगी ः मुख्यमन्त्री पोखरेल

ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणको लागि उपयोगी ः मुख्यमन्त्री पोखरेल

by newnagarikdiary
0 comment

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा उपभोग गर्नुपर्ने बताउनुभएको छ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनुभयो ।
जीवनको लामो कालखण्डमा आरोह अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुबाआमाको सम्मान गर्दै उनीहरुको सिप र ज्ञान आफुले ग्रहण गरि जिवनमा प्रयोग गर्नुेपनेमा जोड दिनुभयो । ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने भन्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकको जीवनलाई ससहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको शुभकामना सन्देशमा उल्लेख छ ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।

 

Related Articles

Leave a Comment