Home » जसपाले सरकारमा सहभागी हुन राखेका सर्त यस्ता छन्

जसपाले सरकारमा सहभागी हुन राखेका सर्त यस्ता छन्

by newnagarikdiary
0 comment

जनता समाजवादी पार्टी, नेपालले सरकारमा जान सर्त अगाडि राखेको छ ।

मंगलबार काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले आफ्ना एजेण्डाहरु कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको हो। बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्ना ऐजण्डाहरू समावेश गरेमा सरकारमा जाने सैद्धान्तिक निर्णय भएको कार्यकारिणी सदस्य प्रमोद साहले जानकारी दिएका छन् । सरकारमा जान शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय भएको उनले बताए । जसपाले ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गरेको बताईएको छ ।

बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरेको छ। जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता मनिस सुमनले जानकारी दिए।

Related Articles

Leave a Comment