Home » जनमत पार्टीले पायो उद्योग मन्त्रालय

जनमत पार्टीले पायो उद्योग मन्त्रालय

by newnagarikdiary
0 comment

जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।

संसद भवनमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो । सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए ।

प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उनले अहिले आफू सरकारमा नजाने बताएका छन् ।

 

Related Articles

Leave a Comment