Home » चितवनमा रहेका १८ वटा क्रसर उद्योग बन्द

चितवनमा रहेका १८ वटा क्रसर उद्योग बन्द

by newnagarikdiary
0 comment

चितवनमा रहेका १८ वटा क्रसर उद्योग बन्द भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकाकाका पाँच वटा क्रसर उद्योग बन्द गराएको छ । महानगरपालिका वडा नं. १ मा उक, वडा नं. २९ मा तीन, वडा नं. २६ मा एक क्रसर बन्द गराइएको छ ।

यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका. माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।

बन्द गराइएका क्रसरमा दिइएको विद्युत लाइनसमेत काटिएको छ । क्रसर उद्योगलाई बैधानिक रुपमा सञ्चालन गर्न दर्ता, नवीकरणसहितका कागजात लिएर प्रशासनमा उपस्थित हुने भनिएको छ ।

Related Articles

Leave a Comment