Home » चितवनमा ओलीको गर्जन अब चुनावमा एकल बहुमत ल्याउँछौं

चितवनमा ओलीको गर्जन अब चुनावमा एकल बहुमत ल्याउँछौं

by newnagarikdiary
0 comment

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल

बहुमत चाहिएको बताएका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे । रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।

ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’ देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको

लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो । ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सानातिना अन्तरविरोधमा नअल्झिन आग्रह गरेका छन् । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न र त्यसका लागि सबै नेताहरू एकताबद्ध भएर अगाडि बढ्न ओलीले आह्वान गरेका हुन् ।

उनले आफूहरूले सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदा, सहमति, एकता र लोकतान्त्रिक अभ्यासका साथ यस महाधिवेशन सम्पन्न गर्ने बताएका थिए । उनले भने, ‘सहमतिका साथ होस् अथवा लोकतन्त्रिक अभ्यास गरेर होस्, आजबाट सुरु गरेको महाधिवेशन भोलि बिहानबाट बन्दसत्र हुनेछ । पर्सिसम्म हामी अत्यन्त सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदारी, सहमति, एकता, लोकतन्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्नेछौं ।’

Related Articles

Leave a Comment