Home » चाडपर्व नजिकिदै गर्दा कास्की प्रहरीको कडा निगरानी

चाडपर्व नजिकिदै गर्दा कास्की प्रहरीको कडा निगरानी

by newnagarikdiary
0 comment

पोखरा
चाड पर्वहरु नजिकिदै गर्दा हुन सक्ने सम्भावित घटनाहरुलाई रोक्न कास्की प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । नेपालीहरुको महान चाड दशै–तिहार नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले पर्व विशेष सुरक्षा योजनाको तयारी थालेको हो । चाडपर्वको मौका छोपेर हुन सक्ने चोरी,डकैती, लागुऔषधको ओसारपोसार,बजार महंगी तथा अमर्यादित क्रियाकलापलाई रोक्न प्रहरीले चेकजाँचमा कडाई गर्नुका साथै सिसिटिभी बाट समेत निगरानी राखेको छ ।
पर्वको समयमा शहरमा सवारी र नागरिकको चाप बढ्ने भएकाले सम्भावित आपराधिक क्रियाकलाप रोक्न बैकं तथा वित्तिय संस्थाहरुमा हुन सक्ने सुरक्षा चुनौती, चोरीका घटनाहरु र पर्यटकीय स्थलहरुमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोकथाम गर्न तथा संलग्नहरुलाई नियन्त्रणमा लिनका लागि विशेष सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो । सुरक्षाका लागि रोमियो टोली, मेट्रो टोली , पिकेट, पट्रोल, मोबाईल भ्यानहरु साथै सादा पोशाकमा समेत प्रहरी परिचालन हुनेछन् । चाडपर्वलाई लक्षित गरि आगामी १० गते देखि पोखराका मुख्य चोकहरुमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउने प्रहरीले तयारी गरेको छ ।
चाडपर्वको बेला सवारी चाप बढने हुदाँ हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई रोक्न नियमित हुदै आएको चेकिङ बाहेक आकस्मिक जाँच पनि गरिने र सवारी अनियमितताको निगरानी बढाउने ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

Related Articles

Leave a Comment