Home » घरदैलोको क्रममा उम्मेदवारको बुझाईः ‘कास्कीका ४ वटै गाउँपालिकामा काँग्रेस बलियो’

घरदैलोको क्रममा उम्मेदवारको बुझाईः ‘कास्कीका ४ वटै गाउँपालिकामा काँग्रेस बलियो’

by newnagarikdiary
0 comment

बैशाख २३ पोखरा । कास्कीको ४ वटै गाउँपालिकामा नेपाली काँग्रेस र गठबन्धनको प्रभाव बलियो रहेको त्यहाँका उम्मेदवारहरुले ठहर गरेका छन् । घरदैलोमा काँग्रेस र गठबन्धनप्रति देखिएको मतदाताहरुको समर्थनपछि उनीहरुले यस्तो बताएका हुन् ।

पर्यटकीय लुम्लेमा चुनावी घरदैलोसहितको सभाको आयोजना गरेर अन्नपूर्ण गाउँपालिकाका नेपाली काँग्रेसका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता घोषणा गरे । नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार युवराज कुँवरले समग्र अन्नपूर्ण गाउँपालिकाको सम्बृद्धिका लागि नेपाली काँग्रेसको नेतृत्वलाई जिताउन आह्वान गरे ।

‘हामीले यो ५ बर्षमा धेरै काम गरेर गाउँपालिकाको विकासको आधार बनाईसकेका छौँ । र, अबको ५ बर्षमा विकासको मूर्त रुप देखाउन हामीले काम गर्नेछौँ ।’ कुँवरले भने–‘एक हिसाबले भन्ने हो भने हामी गाउँपालिकाको हकमा टेस्टेड भैसक्यौँ । र, आगामी कार्यकाल पनि हामीले सोही अनुरुपको कामहरु गर्न सक्छौँ भन्ने कुरामा जनता विश्वस्त छन् ।’
त्यस्तै, उपाध्यक्ष पदका उम्मेदवार खिमकुमारी गुरुङले गाउँपालिकालाई महिलामैत्री बनाउने आफ्नो योजना सुनाईन् । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि पर्यटकीय क्षेत्र पनि भएकोले होमस्टे व्यवस्थापनको तालिमहरुको व्यवस्था गर्ने उनले बताईन् ।

उता माछापुच्छ«े गाउँपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण वडाका उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरुले मतदातासमक्ष समग्र माछापुच्छ«े गाउँपालिकाको व्यवस्थापनको गुरुयोजना सुनाईरहेका छन् । साथै उनीहरुले मतदाताहरुसमक्ष भोटसँगै पालिकालाई सुधार्नका लागि आवश्यक सुझाव पनि संकलन गरिरहेका छन् । माछापुच्छ«े गाउँपालिकामा यो पटक नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी प्रत्यासी छन् ।

त्यस्तै कास्कीकै मादी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका देबीजंग गुरुङले गाउँपालिकालाई विकास गर्ने आफू र आफ्नो टिमलाई मत दिन मतदातासँग आग्रह गरेका छन् । गठबन्धनको सँयुक्त उम्मेदवार देवीजंगले गाऊँलाई आफ्नो सम्झिएर माया गर्ने र काम गर्ने उम्मेदवार आफू भएकोले लोभलालच अनि डर देखाउनेहरुलाई बहिष्कार गर्न आग्रह गरे । मादीमा यो पटक गठबन्धनको तर्फबाट लालबहादुर गुरुङ उपाध्यक्षको उम्मेदवार छन् ।

त्यसैगरि रुपा गाउँपालिकामा नेपाली काँग्रेसको पक्षमा मतदाताहरुको समर्थन बढ्दै गएको छ । यो पटक रुपा गाउँपालिकामा काँग्रेसकै अध्यक्ष उम्मेदवार गीमाया गुरुङको समूहले जित निकाल्ने निश्चित भएको नेपाली काँग्रेसको बुझाई छ । ‘रुपा गाउँपालिकामा पहिलोपटक म महिला अध्यक्षको रुपमा निर्वाचित हुने अपेक्षा छ । यहाँका जनताको साथ र समर्थनले मलाई घरबाट बाहिर निस्किएर स्थानीय सरकार संचालन गर्ने ठाऊँसम्म पु¥याउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’ अध्यक्ष उम्मेदवार गीमाया गुरुङले भनिन् ।

Related Articles

Leave a Comment