Home » गौ बोमबस्तमा प्रतिभा बाल क्लब गठन, अध्यक्षमा विपासा सिउथानी

गौ बोमबस्तमा प्रतिभा बाल क्लब गठन, अध्यक्षमा विपासा सिउथानी

by newnagarikdiary
0 comment

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा प्रतिभा बाल क्लब गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको १३ सदस्यि क्लबको अध्यक्षमा विपासा सिउथानी चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा सफल बुढा, सचिवमा बिनिसा बुढा, कोषाध्यक्षमा सिल पुन र सह–सचिवमा सीमा भगामी चयन भएका छन् ।

समितीको सदस्यहरुमा भूमिका फगामी, अनु पुन, सिता बि।क, इच्छा फगामी, रहना फगामी, सबि सिउथानी, विपिसा राना र चेतन सिउथानी रहेका छन् । बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले जानकारी दिए ।

उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए ।

बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको शिक्षक प्रकाश अधिकारीले बताए । बाल क्लबमार्फत चालिएका अभियानले बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आउने अधिकारीको विश्वास छ ।

बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन, सरसरफाईलगायत कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष विपसा सिउथानीले बताइन् । आज बसेको क्लबको बैठकले क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकी र शिक्षक इन्चार्जमा शिक्षक प्रकाश अधिकारी र सल्लाहकारमा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक बुद्धि बहादुर रानालाई चयन गरेको सचिव बिनिसा बुढाले जानकारी दिईन् ।

क्लबले यहि माघ २३ गते वसन्तपञ्चमीको पावन अवसरमा विशेष सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम–२०७८ संचालन गर्ने तथा आउँदो शुक्रबार विद्यालय परिसर सरसफाइ, वृक्षारोपण, गोडमेल तथा बगैंचा निर्माण गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष विपासा सिउथानीले जाकारी दिइन् ।

 

Related Articles

Leave a Comment