Home » गोली लागेर एक युवकको मृत्यु

गोली लागेर एक युवकको मृत्यु

by newnagarikdiary
0 comment

शिकार खेल्न गएका तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकका १ युवककाे गोली लागेर एक युवकको मृत्यु भएको छ ।

आइतबार राति सिकार खेल्न गएका सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको गाेली लागेर मृत्यु भएको जिल्ला प्रहरी तनहुँले पुष्टी गरेकाे छ ।

गाेली कसरी लाग्याे भन्ने अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ । प्रारम्भिक अनुसन्धानमा वन्दुक मृतक राेहित मल्लले नै बाेकेकाे बताइएकाे छ । प्रहरीले राेहितसँगै गएका उनकैका छिमकी ४७ वर्षीय सुमन गुरुङलाई गिरफ्तार गरेकाे छ । घटनास्थलबाट बन्दुक पनि बरामद भएकाे छ ।

उनीहरु दुई जना रतनपुर सामुदायिक वनकाे तुरतुरे भन्ने पाखामा शिकार खेल्न गएका थिए

Related Articles

Leave a Comment