Home » गृह मन्त्री रवि लामिछानेकाे नागरिकता विवाद: संवैधानिक ईजलासले फैसला अाज टुंगो लगाउँदै

गृह मन्त्री रवि लामिछानेकाे नागरिकता विवाद: संवैधानिक ईजलासले फैसला अाज टुंगो लगाउँदै

by newnagarikdiary
0 comment

गृहमन्त्री रवि लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अाजै निर्णय सुनाउने तयारीमा जुटेकाे छ |

शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्ने छन् । खाजा समयअघि नै बहस सकिने भएकाले अाजै निर्णय सर्वोच्च अदालतले सुनाउने सम्भावना छ यद्यपि निर्णय सुनाउने कुनै मिति तोक्न समेत अदालतले पाउनेछ ।

सर्वोच्च अदालतले रिट निवेदकहरुले उठाएको प्रश्न, त्यसमा परेको लिखित जवाफ, कानून व्यवसायीहरुले पेस गरेको बहसनोट, अनि सुनुवाईका क्रममा उठेका महत्वपूर्ण सवालहरुको आधारमा विवाद निरुपण गर्छ ।

अहिलेसम्म उठेका सवाल र बहस हेर्दा लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा केही प्रश्नहरु महत्वका साथ उठेको देखिन्छ ।

गृह मन्त्रालयले सर्वोच्च अदालतमा पठाएको जवाफमा कुनै पनि नागरिकले विदेशी नागरिकता लिएमा स्वतः राज्यका निकायलाई जानकारी नहुने र जानकारी भएपछि मात्रै नागरिकता बदर हुने जिकिर गरेका छन् । त्यसको प्रतिवादमा रिट निवेदकहरुले बहसनोट पेस गर्दै नागरिकता ऐन, २०६३ को दफा (१०) अनुसार, ‘कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम रहने छैन’ भन्ने प्रावधानवारे ध्यानाकर्षण गराएका छन् । स्वतः कायम नरहने भनेपछि कसैले निर्णय गर्न नपर्ने र आफै स्वतः मान्यताविहिन हुने उनीहरुको दावी छ |

Related Articles

Leave a Comment