Home » गण्डकी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत : ‘बा–आमा कार्यक्रम’ सञ्चालन

गण्डकी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत : ‘बा–आमा कार्यक्रम’ सञ्चालन

by newnagarikdiary
0 comment

पोखरा । गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाउनु भएको हो ।

उनले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले बताए । नीति तथा कार्यक्रममा उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ ।

निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि नीति, कार्यक्रममा प्राथमिकता दिइएको छ । केही पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ ।

संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याएको हो ।

कार्यान्वयनमा लिंग पहिचान गरी भ्रुण हत्याबिरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिका तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेशको कार्यक्रममा मूलप्रवाहिकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलाको पोषणलाई प्रवर्द्धन गर्न स्थानिय तहसँगको समन्वयमा विशेष प्याकेज व्यवस्था गर्ने उल्लेख छ।

सरकारले ज्येष्ठ नागरकिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, प्रदेश सरकारसँग ‘बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। मानव सेवा आश्रम तथा वृद्धाश्रमहरुमा आश्रित दीर्घरोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

प्रदेश सरकारले ‘।प्रदेश सरकारको प्रतिबद्धता, मर्यादित महिनावारी र स्वच्छता’ अन्तर्गत किशोरीहरुको स्वस्थताका लागि सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क सेनिटरी प्याड र बिसर्जनको व्यवस्था गर्ने भएको छ। साथै महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन क्षेत्रको बिकासका लागी बिभिन्न प्याकेज हुरु समेत प्रस्तुत गरेको ।

प्रदेश नीति तथा कार्यक्रममा पूराना प्रदेश गौरवका योजनाहरुलाई निरन्तरता दिएको छ । कतिपय योजनाहरुलाई दोहोरिएको छ ।

कार्यक्रममा युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।’ वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनकोसमेत आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गरीने छ ।

प्रदेशमै मुटुरोग अस्पताल स्थापना गरिनेपनि उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिनेछन ।’

त्यस्तै, प्रदेश भित्रका नागरिकको मिर्गौला नियमित डायलसिस गर्न हाल सेवा दिइरहेका अस्पतालहरुको क्षमता बिस्तार गर्नुका साथै गुणस्तरीइ सेवा प्रदान गरिने नीति कार्यक्रममा जनाइएको छ । सरकारले गोरखा जिल्ला अस्पताल, लमजुङ जिल्ला अस्पताल र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला डायलसिस सेवा बिस्तार गर्ने जनाएको छ ।

प्रदेश सरकारले स्पाइरल ईञ्जुरी तथा बौद्धिक अपाङता भएका व्यक्तिहरुको सहज जीवनयापन र पुर्नस्थापनाका लागि ह्वीलचेयर, कृतिम हातखुट्टालगायतका सहायक सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ । साथै उनीहरुको सहज उपचारका लागि आवश्यक प्रवन्ध मिलाइने नीति सरकारले लिएको छ ।

प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुृधार ल्याउन संघ र स्थानिय तहसँगको सहकार्यमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै लैजाने नीति अवलम्वन गर्ने भएको छ ।

प्रदेश सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहीद तथा वेपत्ता भएकाहरुका परिवार एवम् घाईते, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार निःशुल्क गर्ने भएको छ । प्रदेश प्रमुख गुरुङले प्रदेश मातहतका सबै अस्पतालमा उनीहरुको उपचार निःशुल्क गर्ने व्यवस्थाको सुनिश्चित गरिने उल्लेख गर्नु भयो ।

गण्डकी प्रदेश सुन्तला जातको फलफुलको उच्च सम्भावना भएको प्रदेश रहेको भन्दै यस्लाई सुन्तलाकोे पकेट प्रदेशका रुपमा विकास गर्ने कार्यक्रम सरकारले ल्याएको उहाँले बताउनु भयो ।उहाँले ‘गण्डकी प्रदेश सुन्तला जातको फलफुलको पकेट क्षेत्र भएको हुँदा यसको व्यवसायिक खेती गर्ने किसानहरुलाई अनुदान दिने नीति लिइने छ ।’

सरकारले सुन्तला जातको फलफुलको उत्पादन वृद्धि गर्न नयाँ बगैचा स्थापना र पुराना बगैचाको सुढृडीकरण र विस्तारसंगै यसको बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम शुरु गर्ने भएको छ।कार्यक्रममा युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।’ वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनकोसमेत आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गर्नेपनि जनाइएको छ ।

गण्डकी प्रदेश आब २०७९।८० को नीति तथा कार्यक्रम

Related Articles

Leave a Comment