Home » गण्डकी प्रदेशकाे सभामुखमा माअाेवादीका कृष्ण धिताल निर्वाचित

गण्डकी प्रदेशकाे सभामुखमा माअाेवादीका कृष्ण धिताल निर्वाचित

by newnagarikdiary
0 comment

गण्डकी प्रदेशकाे सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् ।

धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिए । एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।

सत्तारुढ गठबन्धनबीच भएकाे सहमति अनुसार गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाएकाे हाे |

गठबन्धनमा रहेका दलहरुको सहमति अनुसार मुख्यमन्त्री भने नेकपा एमालेका नेता खगराज अधिकारी चयन भइसकेका छन् र उनले विश्वासको मत पाइसकेका छन् ।

Related Articles

Leave a Comment