Home » गण्डकीमा ७ जना सक्रिय कोरोना संक्रमित

गण्डकीमा ७ जना सक्रिय कोरोना संक्रमित

by newnagarikdiary
0 comment

चैत २४ पोखरा । बिहीबार गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ जना रहेको छ । सकं्रमित सबै कास्की जिल्लाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित मध्य ६ जना होमआइसोलेसनमा छन् । प्रदेशका बाँकी १० जिल्लामा भने कोरोना भाइरस संक्रमित संख्या शून्य छ ।
पछिल्लो २४ घण्टामा ३० जनामा गरिएको परीक्षणमा कसैलाईपनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म एक लाख एक हजार ९९३ जना संक्रमित भएका छन् । त्यस्तै एक लाख ५२० जना संक्रमणमुक्त भइसकेका छन् । भने प्रदेशमा हालसम्म एक हजार ४६६ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Comment