Home » गण्डकीका मुख्यमन्त्री र संघका अर्थमन्त्री बिच भेटवार्ता, बजेट थप गर्न प्रदेश सरकारको माग

गण्डकीका मुख्यमन्त्री र संघका अर्थमन्त्री बिच भेटवार्ता, बजेट थप गर्न प्रदेश सरकारको माग

by newnagarikdiary
0 comment

गण्डकी प्रदेश सरकारले बजेट थप गरि पठाईदिन संघिय सरकारलाई आग्रह गरेको छ । पोखरा आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा लाई भेटि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट थप गर्न माग गर्नुभएको हो । बजेट अभावले गण्डकी प्रदेशका धेरै योजना कार्यान्वयनमा समस्या भएको भन्दै मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गर्नुभयो । प्रदेश सरकारले आफ्नो सामथ्र्य अनुसार कार्यसम्पादन गरिरहेको भएता पनि कतिपय योजनामा बजेट अभाव हुदाँ अलपत्र परेको भन्दै त्यसता योजनाहरुलाई संघिय सरकारले बजेट थप गरि पठाईदिनुपर्ने माग प्रदेश सरकारको छ ।
प्रदेशका रणनीतिक महत्वका (स्थानीय तहको केन्द्र जोड्ने ) सडकमध्ये ३ सय ३९ किलोमिटर निर्माणाधीन अवस्थामा छन् । तिनमा पनि बजेट अभाव भएको, प्रदेश सभा निर्माणमा बजेट अभाव भएको देखि संघबाट हस्तान्तरण भइ आएका सशर्तका योजना सम्पन्न गर्न पनि बजेट अभाव भएको मुख्यमन्त्री नेपालीले संघिय अर्थमन्त्री शर्मा लाई जानकारी गराउनुभयो ।
अर्थमन्त्री जनर्दन शर्माले संघ सरकारसँग पनि बजेटको सिमितता रहेको भन्दै प्रदेशका योजनाका लागि बजेट व्यवस्थापन गर्न संघ सरकार संवेदनशील रहेको बताउनुभयो ।

Related Articles

Leave a Comment