Home » गणकलाई सहि विवरण दिनुहोस : जिसस प्रमुख अधिकारी

गणकलाई सहि विवरण दिनुहोस : जिसस प्रमुख अधिकारी

by newnagarikdiary
0 comment

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सहि विवरण दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ३ पोल्याङमा निर्माण गरिने नेपाल कुमाल सेवा समितिको पक्कि भवनको आज शिलान्यास गर्दै उनले सवै जातजातिले सत्य तथ्य पारिवारिक विवरण दिएर राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

निर्माण गरिने भवनले कुमाल जातिकोे उत्थानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले भवन निर्माणसंगै अन्य आवश्यकताका लागि पनि आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अल्पसंख्यकका रुपमा रहेका कुमाल समुदायहरु नेतृत्व विकाससंगै उत्पादनसंग जोडिदै आर्थिक उपार्जनतर्पm लाग्नुपर्ने उनको भनाई छ । विगतको जनगणना अनुसार नेपालमा कुमाल जातिको संख्या एक लाख २६ हजार मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कुमाल समुदायको वाहुल्यता रहेको यस क्षेत्रको विकास निर्माणमा प्राथमिकता दिदंै आएको बताए । साढे चार बर्षको अवधिमा यस वस्तिमा सडक, खानेपानी लगायत विकास निर्माणमा जोड दिंदै आएको जानकारी दिए , नेपाल कुमाल सेवा समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले आप्mनो समुदायको हक अधिकारका लागि संगठित भएर लाग्न आग्रह गर्दै भवन निर्माणका लागि आप्mनो व्यक्तिगत तर्पmबाट एक लाख १०५ रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरे ।

छ लाख ९० हजार रुपैयामा खरिद गरेको पाँच आना जग्गामा निर्माण गरिने पहिल्लो तल्लामा छ कोठा र दोश्रो तल्लामा ट्रष्ट सभाहल सहितको सो भवन जिल्ला समन्वय समिति कास्कीको मौजाद कोषको २० लाख, गाविसको पाँच लाख र बाँकी विभिन्न संघ संस्था एवम् व्यक्तिबाट संकलन गरिने समितिका अध्यक्ष बलभद्र कुमालले जानकारी दिए ।

Related Articles

Leave a Comment