Home » क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

by newnagarikdiary
0 comment

कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएशियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो। खेलमा अर्जेन्टिनाका लागि कप्तान मेस्सीले १ गोल गरेका थिए भने अल्भारेजले दुई गोल गरेका थिए। मेस्सीले खेलको ३४ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेर अजेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि अर्थात खेलको ३९ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाए। त्यसैगरी, खेलको ६९ औँ मिनेटमा अल्वारेजले अर्को गोल गरेपछि अर्जेन्टिनाले खेल ३–० ले जितेको हो।

अर्जेन्टिना सन् २०१४ पछि पहिलोपटक फाइनलमा पुगेको हो। फाइनलमा अर्जेन्टिनाले फ्रान्स या मोरोक्कोको सामना गर्नु पर्नेछ। विश्वकपको फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार ८ः४५ बजे शुरु हुनेछ।

Related Articles

Leave a Comment