Home » को बन्ला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री ?

को बन्ला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री ?

by newnagarikdiary
0 comment

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।

केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्री बन्न दौडधुप सुरु भएको छ । दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ भने माओवादी केन्द्रले ९ सिट जितेको छ ।

एमालेका तर्फबाट पोलिटब्युरो सदस्य लिला गिरी र माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

Related Articles

Leave a Comment